देश/प्रदेश

प्रहरीको सुरक्षाबीच काठमाडौँको फोहोर बन्चरेडाँडा लगियो (तस्बिरहरू)

By खबरहब

July 21, 2023

काठमाडौँ- केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरेडाँडा लगिएको छ । साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरेडाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो । फोहोर लैजाँदै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए ।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन् । जसका कारण काठमाडौंको फोहोर बन्चरेडाँडामा विसर्जन हुन सकेको छैन ।

काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ ।