फाइल फोटो

समाचार

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

By खबरहब

July 21, 2023

पाल्पा- रैनादेबीछहारा गाउँपालिका- ४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका- ४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।