राजनीति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दै 

By खबरहब

August 21, 2023

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । हिजोबाट सुरु बैठक पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बिहान ११ बजे बस्नेछ ।

यसअघि तय भएका ७ एजेण्डामाथि हिजोको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले धारणा राखेका थिए । हिजो उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेका थिए ।

हिजोको बैठकमा बोल्दै अध्यक्ष माधव कुमार नेपालले अगाडि आइपर्ने सबै खालका गम्भीर चुनौतीको सामना गर्न तयार भएर आफूहरूले नयाँ पार्टी बनाएको बताउँदै यो पार्टी नै कम्युनिस्टमा सबैभन्दा उत्तम विकल्प भएको बताए ।

उनले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको पनि बताए । सबैखालको भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिँदै उनले सरकारले गरेको कामको प्रशंसा पनि गरे ।