राजनीति

दिगो विकाससहित संसदका दुई समितिको बैठक बस्दै

By खबरहब

August 21, 2023

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुई समितिको बैठक आज बस्दैछन् । दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने विधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ । दुवै बैठक सिंहदरबारस्थित संसद सचिवालयका हलमा बस्नेछन् ।

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने विधायन समितिमा उत्तर विधायिकी परीक्षणको विषय चयनको कार्यसूची राखिएको छ ।