खेलकुद

स्पेनिस ला लिगा : बार्सिलोनाको जित

By खबरहब

August 21, 2023

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा कार्डिजलाई २–० गोलले हराउँदै बार्सिलोनाले पहिलो जित निकालेको हो ।

बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२औ र अतिरिक्त समयमा बार्सिलोनाका तर्फबाट गोल भएको थियो ।

यो जितसँगै बार्सिलोनाको दुई खेलबाट चार अंक भएको छ ।