ब्रेकिङ स्टोरी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

By खबरहब

August 21, 2023

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । 

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।

विश्वासको मतका क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको थियो । 

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।