ब्रेकिङ स्टोरी

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

By खबरहब

August 21, 2023

काठमाडौँ- विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मेका श्रेष्ठ सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।