सांकेतिक तस्बिर

देश/प्रदेश

पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

By खबरहब

September 21, 2023

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ ।

स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।