क्रिकेट

त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र हङकङ खेल्ने 

By खबरहब

October 21, 2023

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । 

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा नेपाल आज जित निकाल्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यमा छ ।

यस्तै हङकङ भने पहिलो खेलमा नेपालसँगको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

नेपालले यसअघिका खेलमा यूएई र हङकङलाई हराएको थियो । आज पनि हङकङलाई पराजित गरेमा नेपाल फाइनलमा पुग्ने छ भने हङकङ र यूएईबीचको एक टिम उपाधिका लागि नेपालसँग खेल्ने छन् ।

पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।