ब्रेकिङ स्टोरी

युवा संघले तीनकुनेमा निकाल्यो मशाल जुलुस

By खबरहब

November 21, 2023

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो । मशाल जुलुसमा सहभागीहरुले सरकारविरोधी नारा लगाएका थिए ।

भ्रष्टाचार, महङ्गी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण केहिबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिएको थियो ।