समाचार

परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्रीबीच भेटवार्ता 

By खबरहब

December 21, 2023

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ।

काठमाडौंमा भएको भेटमा कोलम्बो-लुम्बिनीबीच सीधा हवाई सम्पर्कको सम्भावनाबारे कुराकानी भएको हो। उनीहरूबीच काठमाडौं-कोलम्बोको हवाई सम्पर्कको सुरुवात उत्साहजनक र लुम्बिनीलाई पनि कोलम्बोसँग जोड्न सकिने विषयमा कुराकानी भएको हो।

भेटमा परराष्ट्रमन्त्री साउदले श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे कुरा उठाएका थिए। नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री हिजो नेपाल आएका थिए ।