फाइल तस्बिर

ब्रेकिङ स्टोरी

मन्त्री किरातीको प्रष्टीकरण : सबैको अस्तित्व सम्मान गर्छु

By खबरहब

December 21, 2023

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् ।

बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मन्त्री किरातीको अभिव्यक्तिलाई  लिएर संसदीय समितिदेखि सामाजिक सञ्जालमा समेत मन्त्री किरातीको विरोधसहित मन्त्रीबाट बर्खास्त गरेर कानुनी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ ।

आफ्नो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिँदै मन्त्री किरातीले आफू सबैको धर्मको अभिभावक रहेको र सबैको अस्तित्वको सम्मान गर्ने बताएका हुन् ।

आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै फेसबुकमा उनले लेखेका छन्, ‘बहसका लागि सबैलाई धन्यवाद ,संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, भन्नलाई त मलाई– पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ , त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

याे पनि- संसदीय समितिमा मन्त्री किरातीको अभिव्यक्तिको विरोध

मन्त्री किरातीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

हेर्नुहोस् भिडियो-