ब्रेकिङ स्टोरी

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

By खबरहब

December 21, 2023

काठमाडौं- सर्वोच्च अदालतका ६ न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेपछि आज उनीहरुले शपथ लिएका हुन् ।

त्यसअघि संसदीय सुनुवाइ समितिले उनीहरुलाई न्यायाधीशका लागि अनुमोदन गरेको थियो ।