बलिउड/हलिउड

‘सलार’ को पहिलो दिनको बुकिङ ३५ करोड

By खबरहब

December 21, 2023

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘सलार’ फिल्मको पहिलो दिनका लागि ३५ करोड भारुभन्दा बढीको टिकट बुकिङ भएको छ । फिल्ममा तेलुगु सुपस्टार प्रभासको मुख्य भूमिका रहेको छ ।

प्रशान्त निलको निर्देशन रहेको सो फिल्मको हिन्दी भाषाका लागि मात्रै तीन करोड ६२ लाखभन्दा बढी टिकट बुकिङ भएको छ ।

यो फिल्मका लागि प्रदर्शनको पहिलो दिन घरेलु बजारमै १६ लाख ८३ हजारभन्दा बढी टिकट बुकिङ भएको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

त्यस्तै, पहिलो दिन यस फिल्मले एक लाख ३१ हजार १ सय ६० शो पाएको छ ।

शाहरुख खानको अभिनित ‘डंकी’ सँग जुधेको यो फिल्मले आक्रमक व्यापार गर्ने आंकलन गरिएको छ । अपेक्षाअनुसार अग्रिम बुकिङ राम्रो देखिएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्म दुई मिल्ने साथी दुस्मन बनेको कथामा आधारित छ । प्रभास अभिनित फिल्मले पछिल्लो समय दर्शक मन जित्नुका साथै रेकर्ड ब्रेकि व्यापार गर्दै आएका छन् ।