आर्थिक

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड 

By खबरहब

December 21, 2023

काठमाडौं– कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलद्वारा गत मंलगबार आयोजित ‘लिडरसीप कन्क्लेभ नेपाल–२०२३’ सम्मेलनमा उक्त अवार्डबाट बैंक सम्मानित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामर्थ्य सुदृढीकरणमा लाग्ने बैंकले जनाएको छ ।

देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको यस बैंकले आगामी दिनमा अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।