खेलकुद

भारतले दियो साउथ अफ्रिकालाई २ सय ९७ रनको लक्ष्य

By खबरहब

December 21, 2023

काठमाडौं – तेस्रो एकदिवसीय क्रिकेटमा भारतले साउथ अफ्रिकालाई २ सय ९७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन बनायो ।

भारतका लागि सन्जु सामसोनले शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १ सय ८ रन बनाए । तिलक बर्माले ५२ रन बनाउँदा रिन्कु सिंह ३८ रनमा आउट भए ।

साउथ अफ्रिकाका बिउरन हेन्ड्रिक्सले ३ विकेट लिए । भारत र साउथ अप्रिलकाबीच तीन एकदिवसीय सिरिज अन्तर्गत यो अन्तिम खेल हो ।

यसअघि दुबै टिमले एक–एक खेल जितेका छन् । आजको खेल जित्ने टिमले सिरिज कब्जा गर्नेछ ।