तस्बिर बीबीसी

अन्तर्राष्ट्रिय

बेलायतका लागि २०२२ सबैभन्दा तातो वर्ष

By खबरहब

January 22, 2023

काठमाडौं – सन् २०२२ बेलायतका लागि सबैभन्दा तातो वर्ष भएको छ । बेलायतको मौसम कार्यालयका अनुसार २०२२ संयुक्त अधिराज्यका लागि रेकर्डमा सबैभन्दा तातो वर्ष भएको हो।

बेलायतको वार्षिक औसत तापक्रमले सन् २०१४ मा निर्धारण गरेको अघिल्लो रेकर्ड तोडेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

बेलायतमा हरितगृह ग्यास उत्सर्जन सुरु भएपछि सन् १८८४ देखि रेकर्ड राख्ने काम भएको हो । सन् २००२ देखि हरेक १० वर्षमा सबैभन्दा बढी वार्षिक तापक्रम भएको मौसम विभागले जनाएको छ ।

बेलायतले पहिलो पटक जुलाईमा लिंकनशायरको कोनिङस्बीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरेको थियो ।