आर्थिक

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

By खबरहब

January 22, 2023

काठमाडौँ- सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनका तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय कायम भएको छ।

चाँदीको मूल्य भने स्थिर छ। आज आइतबार पनि प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।