सांकेतिक तस्बिर

देश/प्रदेश

भारतमा दुई नेपाली युवकको शव फेला

By खबरहब

January 22, 2023

काठमाडौँ- भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेको छ ।

उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका बस्ने २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भेटिएको हो । उनीहरु एकै परिवारका रहेका बताइएको छ ।

खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेका खुलेको हो । दुई साताअघि सम्पर्कविहीन भएका उनीहरुको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

दुई साताअघि नै सीतामढीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरिए पनि उद्धार हुन सकेको थिएन ।