फाइल तस्वीर

देश/प्रदेश

मुख्यमन्त्री कार्कीले दिए ल्होछारको शुभकामना

By खबरहब

January 22, 2023

काठमाडौँ- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना दिएका छन् । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा सोनाम ल्होछार पर्वको शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गरे ।

विभिन्न जातजाति र समुदायले आ–आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उनले बताए । मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन् ।