राजनीति

सुविधा पाउने नियतले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको होइन : नेमकिपा अध्यक्ष बिजुक्छें

By खबरहब

January 22, 2023

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलमा आफूहरुको दाबी कुनै सुविधा पाउने नियतले नभएको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ ।

४९ औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टी लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए ।

पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।