राजनीति

सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न सकिन्न : अध्यक्ष ओली

By खबरहब

January 22, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताएका छन् ।

आइतबार काठमाडौँमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाचौं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दैै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा केन्द्रित हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताएका हुन् । उनले यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने बताए ।

साँच्चैको लोकतान्त्रीक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्दत पु¥याउन सकिने भन्दै ओलीले पद्धतीलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफूहरुको भएको धारणा राखे । त्यस्तै ओलीले ४८ सालको चुनावी घोषणापत्र लेख्दा नै आफूले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाए ।

उनले आयुर्वेद भनेको उपचार मात्रै नभइ जिवनपद्धती पनि भएकाले यसलाई सबैले अवलम्वन गर्नुपर्ने जिकिर गरे ।