खेलकुद

फिफाले लगायो श्रीलंकालाई प्रतिबन्ध

By खबरहब

January 22, 2023

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले श्रीलंकामाथि प्रतिबन्धको घोषणा गरेको छ । तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्धको घोषणा गरेको जनाएको छ ।

शनिबार बसेको फिफा काउन्सिलको बैठकले तेस्रो जनवरी २१ बाट प्रतिबन्धन लागू हुने बताएको छ । यो प्रतिबन्ध अर्को निर्णय नहुँदासम्म लागू हुने छ ।

यस्तै फिफा र एसियाली फुटबल महासंघ (एएफपी)ले गर्नु कुनै पनि विकास र प्रशिक्षणका कार्यक्रममा श्रीलंकाको सहभागिता हुने छैन ।