फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा पत्रकारको घरमा ग्रिनेड आक्रमण

By खबरहब

January 22, 2023

काठमाडौँ- पाकिस्तानमा एक जना पत्रकारको घरमा ग्रिनेड आक्रमण भएको छ । पाकिस्तानको पराचिनारमा रहेको पत्रकार मोहम्मद अली तुरीको घरमा आक्रमण भएको पाकिस्तानबाट प्रकाशित हुने नेसन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अज्ञात आक्रमणकारीले तुरीको घरमा ग्रिनेड प्रहार गरेको बताइएको छ । उनको घरमा आगो लगाउने उद्देश्यले आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीको निशानामा परेका तुरी स्थानीय रेडियो र निजी टेलिभिजनमा कार्यरत रहेको नेसनले उल्लेख गरेको छ । ग्रिनेड आक्रमणबाट पत्रकार तुरीको घरका कोठा र उनको घरअगाडि रोकिएको गाडीमा पनि क्षति पुगेको छ । यद्यपि उनी उनको परिवार भने सुरक्षित छन् ।

घटनाबारे उजुरी दर्ता गरी अनुसन्धान अघि बढाइएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।