फाइल तस्वीर

राजनीति

बागमती प्रदेश सभाको बैठक बस्दै

By खबरहब

February 22, 2023

हेटौँडा– बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठक अपरान्ह २ बजे बोलाइएको हो । सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।

 सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ ।

 यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।