बलिउड/हलिउड

पठान एक हजार करोडको क्लबमा प्रवेश

By खबरहब

February 22, 2023

काठमाडौँ– बलिउडका बादशाह शाहरुख खान अभिनीत पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ । सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ । 

 गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरूमा चलिरहेका छ । उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । 

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफूलाई ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टि गरेको बलिउड समीक्षकहरूले बताउँन थालेका छन ।