राजनीति

कालिका दर्शनका लागि राष्ट्रपति भण्डारी बागलुङमा

By खबरहब

February 22, 2023

ढोरपाटन– राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी बागलुङ आएकी हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।