ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

By खबरहब

February 22, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएका छन् ।

पछिल्लो समय राष्ट्रपतिको उम्मेदवार चयनको विषयलाई लिएर विभिन्न पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेकाे छ ।