आर्थिक

प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो

By खबरहब

February 22, 2023

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालो लागेर २०४९ विन्दुमा आएको छ ।

यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने माइक्रो फाइनान्स कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।