फाइल तस्वीर- संयुक्त राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय

मालीमा विस्फोट हुँदा ३ शान्ति सैनिक मारिए, नेपाली सैनिक सुरक्षित छन् : सेना

By खबरहब

February 22, 2023

काठमाडौँ- अफ्रिकी मुलुक मालीमा भएको विस्फोटनमा परी शान्ति सैनिक मारिएका छन् । मालीको मध्य भागमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिक मिसन मिनुस्मामा कार्यरत सेनेगलका तीन शान्ति सैनिकको मृत्यु भएको हो ।

मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँच सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ ।

मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए ।

मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’ समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन् ।