फाइल फोटो

राजनीति

सांसद चौधरीको निलम्बन फुकुवा, बैठकमा निर्बाध भाग लिन पाउने

By खबरहब

February 22, 2023

काठमाडौँ- रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्वाध रुपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउनेछन् ।

झन्डै ५ वर्षअघि ट्याक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीले गत साता सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि ७ फागुनमा रिहा भएका थिए ।