आर्थिक

बुधबार नेप्से उकालो

By खबरहब

February 22, 2023

काठमाडौँ- बुधबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ ।

गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब रुपैयाँ ८० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । यसको बुधबार १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ । यसैगरी जीवन विकास लघुवित्तको करिब ५ करोडको कारोबार भएको छ ।

सोमबारको १३ उपसूचकहरुमध्ये ३ कम्पनी बाहेक सबै कम्पनी उकालो लागेका छन् । बुधबार लिबर्टी ऊर्जा, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जल विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ।