फाइल फोटो

राजनीति

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रद्वारा पूर्वराजा शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव

By खबरहब

February 22, 2023

काठमाडौँ- राष्ट्रपति निर्वाचनका विषयमा दलहरुबीच खिचातानी चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले राष्ट्रप्रमुखमा पूर्वराजा शाहको नाम प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रमुखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् ।