फाइल तस्वीर

राजनीति

कांग्रेस सभापति देउवालाई भेट्न नेकपा एसका अध्यक्ष नेपाल धुम्बाराहीमा

By खबरहब

February 22, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका हुन् ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गरेका अध्यक्ष नेपाल दुई जना शीर्ष नेता लिएर देउवा भेट्न पुगेका हुन् ।

एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका बेला राष्ट्रपतिको दाबी गरिरहेको कांग्रेसका सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका नेता धुम्बाराही पुगेका हुन् ।

बैठकमा अध्यक्ष नेपालले राष्ट्रपतिका विषयमा ओली राखेको प्रस्तावमा आफू विश्वस्त हुन नसकेको बताएका थिए ।

दलीय छलफलले तीव्रता पाइरहेका बेला देउवा निवास धुम्बाराहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरु बसिरहेका छन् ।