राजनीति

नेकपा एसका अध्यक्ष नेपाल र चिनियाँ राजदूत छेन सङबिच भेटवार्ता

By खबरहब

February 22, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।

बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदूत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

‘कोटेश्वरस्थित अध्यक्ष नेपालको नीजी निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ।

उनका अनुसार राजदूतले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।

दुबै नेताबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिएको छ ।