ब्रेकिङ स्टोरी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

By खबरहब

February 22, 2023

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ ।

भेटवार्तामा माओवादीका तर्फबाट प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत सहभागी छन् । भने कांग्रेसको तर्फबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत छन्।