फाइल फोटो

राजनीति

हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने दिन आयो : राजेन्द्र लिङ्देन  

By खबरहब

March 22, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन माग गर्दै नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको थियो। सोही घटनालाई लिएर अध्यक्ष लिङ्देनले माग पुरा गर्न सुझाव दिएका हुन् ।

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङदेनले ट्विट गर्दै भनेका छन्, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयमलाई थाहा छ।’