देश/प्रदेश

वैदेशिक रोजगारीमा रहेका श्रमिककाे सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु

By खबरहब

March 22, 2023

काठमाडौँ- वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि बाटो खुलेको छ ।

पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश हुने भएसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आबद्धताको बाटो खुलेको हो ।

आज आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर यसको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्रीले परिचयपत्र वितरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।