राजनीति

शेखर कोइरालाले भन्छन्- नितान्त व्यक्तिगत फोन ट्याप गर्न पाइँदैन

By खबरहब

March 22, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नितान्त व्यक्तिगत फोन ट्याप गर्ने बुँदा उल्लेख भएर आउन लागेको कानूनप्रति आपत्ति जनाएका छन् ।

नागरिकको गोपनियता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।’

राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानव अधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गरेका छन ।