ब्रेकिङ स्टोरी

सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्ने

By खबरहब

March 22, 2023

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्नेगरी बैठक डाकिएको हो । बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान गरेका हुन् ।