फाइल तस्वीर

क्रिकेट

ओडीआई वरियतामा नेपाल एक स्थान माथि उक्लियो

By खबरहब

March 22, 2023

काठमाडौँ- नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआईको वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो ।

यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ स्थानमा उक्लिएको छ । ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लिएको हो ।

वरीयताको पहिलो स्थानमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफ्गानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड, १५औँमा नेपाल, १६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २०मा पपुवा न्युगिनी रहेका छन् ।