फाइल तस्वीर

राजनीति

बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारियो

By खबरहब

March 22, 2023

काठमाडौँ- बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक चैत १० गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।

बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।