राजनीति

पूर्वराजा शाहसँग राप्रपाका शीर्ष नेताको भेट

By खबरहब

March 22, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले झापाको दमक पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।

पूर्वराजा शाहलाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, र महामन्त्री धवलशमशेर जबरा झापाको दमक पुगेका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमा तस्वीर भेटवार्ताको तस्वीर सार्वजनिक गरेका छन् ।

पूर्वराजासँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।