तस्विर : रासस

राजनीति

उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

By खबरहब

April 22, 2023

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त संघीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री अधिकारीले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, सांगठनिक र भावनात्मक एकता चाहिने बताए ।

“प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु हामी सबैको दायित्व हो”, शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री अधिकारीले देश र जनताको मुक्तिका लागि जीवनोत्सर्ग गर्ने सहिद तथा आन्दोलनमा योगदान गर्नेप्रति सम्मान प्रकट गरेका छन् ।