काठमाडौँ– काठमाडौंको साँखुमा चार वटा टिपर एकैचोटि ठोक्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार शनिबार बिहान सवा ५ बजे साँखु-लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किँदा एक जना घाईते भएका छन् ।
घाईते हुनेमा बा ५ ख ४५७० नम्बरको टिपरका चालक रहेका छन् । उनको उद्धार गरी साँखुस्थित पुपल्स लाइफ केयर हस्पिटलमा लगिएको थियो। उनको दुबै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७, बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर एकैचोटि ठोक्किएका हुन् । चारैवटा टिपर एकै दिशामा जाँदै गरेको भन्ने खुलेको छ ।