फाइल फोटो

ब्रेकिङ स्टोरी

गण्डकीमा सरकार गिर्यो, विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री अधिकारी पदमुक्त

By खबरहब

April 22, 2023

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउन असफल भएसँगै उनी पदमुक्त भएका हुन् । यससँगै प्रदेश सरकार पनि गिरेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत लिनु परेको हो ।

उनलाई विश्वासको मत दिने पक्षमा ४ मत र विपक्षमा ३५ मत परेको थियो ।