फाइल फोटो

राजनीति

उपनिर्वाचनमा जसपाले बुथ लुट्ने तयारी गर्‍यो : सीके राउत

By खबरहब

April 22, 2023

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा आइतबार हुन लागेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी जसपा नेपालले बुथ लुट्ने तयारी गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष राउतले बुथमा अनुगमनका लागि आउन सञ्चारकर्मीलाई पनि आग्रह गरेका छन् ।

खासगरी नेपाल–भारत सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेको उल्लेख गर्दै अध्यक्ष राउतले ती गाउँहरू अहिलेदेखि नै पनि कब्जामा रहेको बताएका छन् । जसपाका नेता र प्रहरी प्रशासनबीच साँठगाँठ रहेको बताउँदै अध्यक्ष राउतले फर्जी मतदानका लागि निर्वाचन अधिकारीहरु पनि मिलेको आरोप लगाएका छन् ।

‘खासगरी नेपाल–भारतको सीमानासँगै नजिकै रहेका बूथहरू दिनदहाडै लूटिने गरेका छन्। ती गाउँहरू अहिलेदेखि नै पनि कब्जामा छन्, प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेका छन्, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानको लागि तम्तयार छन्।’ उनले लेखेका छन् ।

उनले मतदान गरिने ठाउँहरुमा सेना परिचालन गर्न सरकरसँग माग गरेका छन् ।