काठमाडौँ- जापानको ओसाकामा भएको जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका तेक्वान्दो खेलाडीद्वय अशोक खड्का र नन्द विष्टले पदक हात पारेका छन् ।
शनिबार ओसाकास्थित सकाई सिटीमा भएको प्रतियोगिताको ब्ल्याकबेल्ट ४० वर्ष उमेर समूहको पुम्से प्रतिस्पर्धामा उनीहरूले पदक जितेका हुन् । खड्काले ६.२७ अंक बटुल्दै रजत पदक जित्दा विष्टले ६.१० अंक लिएर कांस्य जितेका थिए ।
उक्त प्रतियोगितामा २४ राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।
यसैगरी खड्काले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । खड्काले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।