फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभामा छलफल बिहान ११ बजे सुरु हुने

By खबरहब

May 22, 2023

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो।

हिजो सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए।

आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे सुरु हुनेछ।