ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्यालाई एजेन्डा बनाउन माधव नेपालको सुझाव

By खबरहब

May 22, 2023

काठमाडौँ – एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न भारत भ्रमणमा सीमा समस्या समाधान गर्ने विषयलाई एजेन्डा बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई आफ्नो आफ्नो भ्रमणमा एजेन्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन्।

त्यस क्रममा नेता नेपालले हालसम्म भएका कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिएका छन्।